काठमाडौं । साताको दाेस्राे कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
साेमबार ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७ रुपैयाँ बराबारको कारोबार भएको छ ।
साेमबार नेपाल इन्फ्रान्स्टक्चर डेभलपेमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ४५ लाख ९० हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ९ सय ८४ रुपैयाँ पुगेको छ ।
साेमबार १५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै, आज १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भने जानकी फाइनान्सको सेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्