Shikhar Insurance
National Life

राष्ट्र बैंकको फेसबुक पेज ‘फेक’ रहेको खुलासा, केन्द्रिय बैंक भन्छः साइबर अपराधको मुद्दा चलाउछौं

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो नामको अनधिकृत फेसबुक बनाइ दुरुपयोग भएको बताएको छ । केन्द्रिय बैंकको हालसम्म कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको व्यहोरा जानकारी गराएको छ ।

अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा केन्द्रिय बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारबाही गर्ने केन्द्रिय बैंकले बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले खोलिएका फेसबुक पेजमा आफ्नो कुनैपनि सूचना प्रविष्ट नगर्ने सर्वसाधारणलाई आग्रह गरेको छ भने त्यस्ता पोस्ट नपात्याउन फेसबुक प्रयोगकर्तालाई भनेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्