Shikhar Insurance
National Life

पाँच महिनामा ४ खर्ब उठ्यो राजस्व, सरकारको आम्दानी भन्दा डेढ खर्ब बढि खर्च

सिंहदरबार संवाददाता
२०८१ पुष १, सोमबार ०९:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु वर्षको पाँच महिनामा सरकारले चार खर्ब राजस्व संकलन गरेको छ । मंसिर ३० गतेसम्म सरकारले सबै शिर्षकमा ३ खर्ब ९९ अर्ब ५९ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार  राजस्व शिर्षकमा ३ खर्ब ६२ अर्ब ५८ करोड राजस्व संकलन हुदाँ गैरकर शिर्षकमा ३७ अर्ब राजस्व संकलन भएको छ । चालु वर्षको बजेटमा सरकारले कर र गैरकर शिर्षकमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पाँच महिनामा सरकारले कुल लक्ष्यमा २८.१५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खर्चतर्फ सरकारले ५ खर्ब ५६ अर्ब ११ करोड ७७ लाख खर्च गरेको छ । चालु वर्ष सरकारले १८ खर्ब ६० अर्ब कर असुल गर्ने लक्ष्य लिएको छ । हालसम्म सरकारले कुल लक्ष्यको २९.८९ प्रतिशत मात्रै खर्च गरेको छ । चालु वर्ष सरकारले लिएको खर्च लक्ष्य पुरा नहुने लगभग पक्का भैसकेको छ ।

यो अवधिसम्म सरकारले चालु शिर्षकमा ३ खर्ब ६३ अर्ब ५५ करोड भुक्तानी गरेको छ । विकास खर्चतर्फ ४० अर्ब ८० करोड खर्च गरेको छ । यो वर्ष सरकारले विकास खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख खर्च गर्ने योजना छ । वित्तिय व्यवस्थातर्फ पाँच महिनामा १ खर्ब ५१ अर्ब ७६ करोड भुक्तानी दिएको छ । यो शिर्षकमा सरकारको सार्वजनिक ऋणको सावा ब्याज भुक्तानी वापतको खर्च हुन्छ ।

बैंकमा तरलता बढ्दै जादाँ ब्याजदर पनि घट्दै गएको छ । वैदेशिक मुद्राको संचितिमा वृद्धि हुदाँ आयात बढ्न सकेको छैन । निजी क्षेत्रले थप लगानी गर्न हिम्मत नगर्दा समग्र अर्थतन्त्रमा गम्भिर असर देखिन थालेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्