काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित सरकार एक महिनाभित्रै ढल्ने पुर्व भारतीय ‘रअ’ का एजेन्टले बताएका छन् । नवभारत टाइम्समा एक अन्तर्वार्तामा ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ) का पुर्व सदस्य लक्की बिस्टले अबको एक महिनाभित्रै सरकार ढल्ने बताएका हुन् ।
अन्तर्वार्तामा उनले भनेका छन्, “ आज १२ तारिख हो, यो खबर सुनेर तपाईलाई अनौठो पनि लाग्न सक्छ, नेपालको सरकार ढल्दैछ, यो खबर सुनेर तपाईलाई आश्चर्य लागिरहेको होला की लक्की विष्ट के बोलिरहेको छ, १० दिन १५ दिनको बिचमा एक खबर आउनेछ नेपालको सरकार फेरी ढल्दैछ। जुन केहि महिना अघि मात्रै बनेको थियो, को छ यसको पछि ?”
विष्टले नवभारत टाइम्सका विनित त्रिपाठीसँगको अन्तर्वार्तामा नेपालको सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बीआरआई सम्झौता गरेपछि भारत प्रधानमन्त्री ओलीसँग थप रिसाएको छ । सरकार बनेको पाँच महिना बित्दा पनि भारत सरकरले केपी ओलीलाई भ्रमणको निम्तो नदिएपछि सरकार ढल्ने विषयले थप चर्चा पाएको छ ।
नेपालमा भन्दा पछि सरकार निर्माण भएको श्रीलंका अनुरा कुमारा दिसा नायाके आजदेखी (डिसेम्बर १५) भारत भ्रमणमा छन् । चीन समर्थित दिशानायाकेलाई भारतले स्वागत गर्दा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भने स्वीकार गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्