एजेन्सी । श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले डिसेम्बर १५ (आज) देखि १७ सम्म भारत भ्रमण गर्ने भएका छन् । श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेको पहिलो विदेश भ्रमण डिसेम्बर १७ सम्म चल्ने बताएका छन् ।
उनले भने, ‘राष्ट्रपति अनुरा कुमारा भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायत देशका शीर्ष नेतासँग भेटघाट गर्नु हुनेछ । यस भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौताको घोषणा अन्त्यमा गरिनेछ ।’
यसै वर्षको सेप्टेम्बर २२ मा आएको नतिजामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति चुनावमा विजयी भएको देखिएपछि भारतीय सञ्चारमाध्यममा चिन्ता व्यक्त गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्