काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गरेका छन् । उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गरे । उनले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको जानकारी दिए । उनले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौति बनिरहेको बताए । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको बताए ।
मन्त्री दाहालले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुपर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्