काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाको ब्याजदर सार्वजनिक गरेको छ । पुसमा अधिकांश बैंकहरुले मंसिर महिनाको तुलनामा ब्याजदर यथावत राखेको हो ।
पुस महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.०१ प्रतिशत रहेको छ । मंसिरमा यस्तो ब्याजदर ५.९७ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले बढेको छ ।
पुस १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १४ बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ भने ३ बैंकहरुले ब्याजदर बढाएको छन् भने ३ बैंकहरुले ब्याजदर घटाएका छन् ।
बैंकहरुले साउन महिनादेखि नै ब्याजदर सम्बन्धी भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बैंकहरुले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म बढाउन वा घटाउन सक्ने सुबिधा पाएका छन् ।
अहिले भने व्यक्तिगत मुद्धतिको भन्दा संस्थागत मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरुलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुबिधा दिएको थियो । यसले बीमा कम्पनीहरुलाई फाइदा पुगेको छ ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लगाएको छ । त्यसकारण व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घट्दा बचत र कल निक्षेपको ब्याजदर घट्दै जानेछ । बैंकहरुले स्वीकार गर्ने सबै खाले निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्नेछ ।
कुन बैंककाे ब्याजदर कति ?
प्रतिक्रिया दिनुहोस्