काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ । आज (आइतबार) छापावाला सुनको मूल्य प्रतिताेला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम रहेको थियाे ।
साथै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर आज १ हजार ८ सय ४० रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्