Shikhar Insurance
National Life

४ महिनामा चालु खातामा १ खर्ब ४३ अर्ब बचत, शोधनान्तर स्थिति २ खर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०८१ मंसिर २७, बिहीबार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ४ महिनामा चालु खाता १४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । बिहिबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनासम्म सो रकम बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा देखाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (इक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्