काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३०४ कम्पनीको १ करोड २३ लाख ५९ हजार ३ सय १८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ४ सय ४४ रुपैयाँ बराबारको कारोबार भएको छ ।
बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १२ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ६१ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्