Shikhar Insurance
National Life

लगानीकर्ता प्यानिक हुँदा ४.१३ अंकले घट्यो नेप्से, झन् झन् घट्दै छ कारोबार रकम

सिंहदरबार संवाददाता
२०७८ असार १६, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ । पछिल्लो समय घटिरहेको सेयर बजार परिसूचकमा आज ४.१३ अंकको गिरावट आएको हो । हिजो नेप्से ४७.४९ अंकले घटेको थियो ।

नेप्से घटिरहँदा लगानीकर्ता प्यानिक भएका छन् । जसकारण परिसूचकसँगै कारोबार रकम पनि घट्दै जान थालेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज नेप्से २८२३.८८ अंकमा ओर्लदाँ बजारमा ५ अर्ब ८३ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ९० करोड रुपैयाँ कम हो ।

अघिल्लो दिन कारोबार रकम १ अर्ब रुपैयाँले घटेको छ ।

लगानीकर्ता दिनप्रतिदिन आशा कम हुँदै गर्दा परिसूचकसँगै लगानीकर्ताको चहलपहल कम हुन थालेको छ ।

आज ९५ कम्पनीको मूल्य घटेको छ भने ७५ कम्पनीको सेयर मूल्य बढेको छ ।

समूहगत उपसूचकमध्ये विकास बैंक तथा वित्त समूहमा उल्लेख्य सुधार आएको छ । बैंकिङ, होटल तथा लगानी समूह भने घटेका छन् ।

कारोबार सुरु भएको केही समय सुधारोन्मुख रहेको नेप्सेमा केही मिनेटमै भारी गिरावट आएको थियो । त्यसपछि पटकपटक सम्हालिने प्रयास गरेपनि नेप्से धनात्मक हुन सकेन ।

पोखरा, सेन्ट्रल, नेपाल, मल्टिप्रपोज र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् भने नेपाल इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीको ३० करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

आज बजारमा २ सय २० स्क्रिप्टका १ करोड ६२ लाख कित्ता सेयर किनबेच भए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्