Shikhar Insurance
National Life

बैंकर्स संघले भन्योः खाता नं., मोबाइल नम्बर र पासवर्ड कसैलाई नदिनु, ठगिनुहोला !

सिंहदरबार संवाददाता
२०७८ असार १६, बुधबार १४:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संठगन नेपाल बैंकर्स संघले आफ्नो बैंकिङ जानकारी कसैसँग पनि सेयर नगर्न सचेत गराएको छ । संघले सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न ग्राहकहरुलाई अनुरोध गरेको हो ।

अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागी खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं., मोबाईल नं., पासवर्ड (ओटीपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको छ । संघले आफूले यस्तो जानकारी पाएकाले सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्