Shikhar Insurance
National Life

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर २६, बुधबार १५:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बुधबार गुँरास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, स्बालम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

गुँरास लघुवित्तको १४.२५ प्रतिशको आधारमा १ लाख ४४ हजार ४ सय ९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३ प्रतिशत बोनसको आधारमा ११ लाख २० हजार ७ सय ७८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वावलम्बन लघुवित्त  वित्तीय संस्था लिमिटेडको २० लाख ६६ हजार २ सय ५० कित्ता कोन सेयर सूचीकृत भएको छ ।

साथै, अब यी तीन कम्पनीहरुको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्