काठमाडौं । साताको चौथोँ कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बुधबार ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० रुपैयाँ बराबारको कारोबार भएको छ ।
बुधबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो । कम्पनीको सेयर प्रतिकित्ता ३५.३० रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ८९ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्