काठमाडौं । साताको चौथोँ कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बुधबार ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० रुपैयाँ बराबारको कारोबार भएको छ ।
बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड १५ लाख २ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ९ सय ५६ रुपैयाँ ८० पैसा पुगेको छ । बुधबार २११ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज १ कम्पनीको सेयर मूल्यमासकारात्मक सर्किट लागेको छ भने एक कम्पनीकाे सेयर मूलय घटेको छ ।
प्रतिक्रिया दिनुहोस्