काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
उक्त लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्