Shikhar Insurance
National Life

प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८१ मंसिर २६, बुधबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको जम्मा १ लाख ३५ हजार ३ सय १ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो ।

बैंकले सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएपछि बैंकले सर्वसाधारणमा बिक्री प्रकृया अगाडि बढाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आवश्यक कागजात संकलन गरी १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्