Shikhar Insurance
National Life

कालिका लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर २६, बुधबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको ३७ करोड २३ लाख २१ हजार रुपैयाँको आधारमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको कम्पनीले एक सूचनामार्फत जाकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्