Shikhar Insurance
National Life

अनाधिकृत चिनी पैठारी हुँदा किसानले समयमा भुक्तानी पाएनन् : अध्यक्ष अग्रवाल

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले अनाधिकृत चिनी पैठारी हुँदा कृषकहरुले समयमा भुक्तानी नपाएको बताएका छन् । उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा अनाधिकृत चिनी पैठारीले किसानलाई भुक्तानी नहुने, बैङ्कहरुको साँवा व्याज तिर्न उद्योग समर्थ नहुने र आगामी क्रसिङ्क सिजनमा समयमा नै उद्योग संचालन हुन नसक्ने उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत क्रसिङ्ग सिजन २०७४/०७५ मा समेत विदेशबाट अत्यधिक मात्रामा निकासी हुदाँ स्वदेशी उद्योगको उत्पादन विक्री नभएको र कृषकहरुले समयमा भुक्तानी नपाएको स्मरण गराउँदै अध्यक्ष अग्रवालले अनाधिकृत चिनी पैठारी हुँदा शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगबाट उत्पादित चिनीको बिक्री वितरणमा प्रतिकुल असर पर्ने बताए ।

संघले अनियन्त्रीत चिनी पैठारीले स्वदेशी चिनी उद्योगहरु थप संकटग्रस्त हुने भन्दै यस्ता पैठारीलाई अविलम्ब रोक लगाउन सरकारलाई माग गरेको छ । गत क्रसिङ्ग सिजनमा २ करोड ३८ हजार ७ सय ५५ क्वि उखु क्रसिङ्ग गरिएको जानकारी दिदैँ अग्रवालले गत क्रसिङ सिजनमा १ लाख ७८ हजार ७ सय १७ मेट्रिक टन चिनी उत्पादन भएको जानकारी दिए ।

चालु क्रसिङ्ग सिजन २०८१/८२ मा २ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन हुने संघले अनुमान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्