Shikhar Insurance
National Life

चार महिनामा वाणिज्य बैंकहरुबाट ८३ अर्ब सेयर धितो कर्जा प्रवाह, सबैभन्दा धेरै लगानी गर्ने ग्लोबल आइएमई

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आव २०८१/०८२ को ४ महिनामा वाणिज्य बैंकहरुबाट ८३ अर्ब रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह भएको छ । चालु आवको कात्तिक महिनासम्ममा बैंकहरुबाट कुल ८३ अर्ब ९१ लख १४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको हो ।

४ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने बैंकहरु मध्ये पहिलो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । ४ महिनामा बैंकबाट ११ अर्ब १५ करोड ७७ लाख रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने दोस्रो स्थानमा नबिल बैंक परेको छ । नबिल बैंकबाट कुल ११ अर्ब १४ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्ता प्रवाह भएको  छ । सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा कुमारी बैंक परेको छ । बैंकले ४ महिनामा ८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, सिद्धार्थ बैंकबाट ७ अर्ब ९१ करोड २० लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ५ अर्ब ५२ करोेड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ४ अर्ब १४ करोड २६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

चालु आवको ४ महिनामा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९८ करोड १८ लाख रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले ३ अर्ब ३ करोड ९७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकबाट २ अर्ब ८० करोड १३ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट २ अर्ब ३३ करोड, सानिमा बैंकबाट १ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ, हिमालयन बैंकबाट १ अर्ब ८७ करोड रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको छ ।

त्यसैगरी, कात्तिक महिनासम्म एनएमबी बैंकले १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ९६ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले संस्थागततर्फ २० करोड रुपैयाँको सेयर धितो कर्जाको सीमा हटाएसँगै बैंकहरुको यस्तो कर्जा बढेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्