Shikhar Insurance
National Life

सानिमा माई हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश घोषणा, साधारण सभा पुष २८ गते

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ३३ करोड ९८ लाख १७ हजार ६ सय १० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ७८ लाख ८५ हजार १ सय ३७ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुष २८ गते साधारण सभा बोलाएको छ । सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुष ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै सभामा भाग लिन योग्य हुने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्