काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डकी नातिनी स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना सन्देश पठाएपछि फेरि सरकार ढल्ने चर्चा बढेको छ । प्रधानमन्त्री केपी ओलीलाई लामो समयसम्म भ्रमणको निम्तो नदिएको र ओलीले पठाएको नेपाल भ्रमणको निम्तो समेत स्वीकार नगरेका मोदीले प्रचण्डकी नातिनीलाई वैवाहिक जीवनको शुभकामना सन्देश पठाएपछि त्यसले नेपालको सत्ता समिकरणमा फेरबदल ल्याउने हल्लामाथि थप बल पुर्याएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले सफल वैवाहिक जीवनका लागि प्रचण्डकी नातिनी स्मिता र उनका पति सयुज्यलाई शुमकामना दिएका छन् । त्यस्तै, स्मिताकी आमा गंगा दाहाल र हजुरबुवा प्रचण्डलाई पनि बधाई भनेका छन् ।
गंगा दाहालले आफ्नी छोरीको बिहेमा मोदीलाई निम्तो पठाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्