Shikhar Insurance
National Life

भारतीय रिजर्व बैंकको २६ औं गभर्नरमा संजय मल्होत्रा नियुक्त, राष्ट्र बैंकमा पनि नयाँ गभर्नरको खोजी सुरु

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार ०९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) को गभर्नरमा संजय मल्होत्रा नियुक्त भएका छन् । यसअघि राजस्व सचिव रहेका मल्होत्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गभर्नरमा नियुक्त गरेका हुन् ।

डिसेम्बर १० मा निवर्तमान गभर्नर शक्तिकांत दासको कार्यकाल सकिएपछि मल्होत्रालाई नयाँ गभर्नर नियुक्त गरिएको हो । मल्होत्रा आरबीआईका २६ औं गभर्नर बन्न सफल भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्जय मल्होत्रा सन् १९९० ब्याचका राजस्थान क्याडरका आईएएस अधिकारी हुन् । उनी नोभेम्बर २०२० मा आरईसीको अध्यक्ष र एमडी बनेका थिए । यसअघि उनी ऊर्जा मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत थिए । सन् २०२२ मा केन्द्र सरकारले सञ्जय मल्होत्रालाई वित्तीय सेवा विभाग (डीएफएस) बाट रिजर्भ बैंक (आरबीआई) को निर्देशकमा मनोनीत गरेको थियो ।

सञ्जय मल्होत्रासँग वित्तिय क्षेत्रको लामो अनुभव छ । उनले डिसेम्बर ११ मा आरबीआईको नयाँ गभर्नरको रूपमा कार्यभार सम्हाल्नेछन् । उनको कार्यकाल आगामी तीन वर्षको हुनेछ । रिजर्भ बैंकको सञ्चालन र रेखदेखको काम केन्द्रीय निर्देशक समितिले गर्छ । र सञ्जय मल्होत्रासँग त्यस का सम्बन्धी व्यापक अनुभव भएकाले उनी आरबीआई गभर्नरको दौडमा अग्रपंक्तिमा रहेका थिए ।

भारतीय रिजर्व बैंकमा नयाँ गभर्नर आएसँगै नेपाल राष्ट्र बैंकको गभर्नरको पनि चर्चा सुरु भएको छ । राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत १२ गते सकिँदैछ । महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेसँगै राजनितिक दल र शक्ति समुहहरु आफ्नो पक्षको गभर्नर नियुक्त गरी लागि लबिङमा छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्