Shikhar Insurance
National Life

विकास बैंकहरुको खुद नाफा २ अर्ब, सबैभन्दा धेरै कमाउने मुक्तिनाथ विकास बैंक

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १९:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक २०८१/८२ को ४ महिनामा विकास बैंकहरुले करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १७ विकास बैंकहरुमध्ये ९ वटा बैंकहरुले कात्तिक महिनासम्म १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले चालु आवको कात्तिकसम्म ४२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, सबैभन्दा धेरै नाफा कमाउने दोस्रो नम्बरमा गरिमा विकास बैंक रहेको छ । बैंकले ३६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने तेस्रो नम्बरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पर्न सफल भएको छ । बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकले २९ करोड ३७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले २० करोड ४६ लाख, महालक्ष्मी विकास बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, संग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख, मितेरी डेभलपमेन्ट बैंकले ७३ लाख, ज्योति विकास बैंकले ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्