Shikhar Insurance
National Life

किन दर्ता भयो सिलवाल विरुद्ध भष्ट्राचार मुद्दा, अरु के-के गरे ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्रधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाललाई आइतबार मुद्दा दायरा गरेको छ । उनलाई ३ वर्ष उमेर घटाएको र नागरिकता तथा राहदानीमा केरमेट र झुट्टा विवरण पेश गरी वभिन्न सेवा सुविधा लिएको अभियोगमा मुद्दा दायर भएको हो ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षहरुले ६५ वर्षपछि अनिवार्य अवकाश हुनु पर्नेमा उनी  २०८० साउन १६ गतेवाट ६६औँ वर्षमा प्रवेश गर्दा समेत पदमा वहाल नै रही पछिल्लो ९ महिना देखि सरकारी जागिरको दुरुपयोग गरी विभिन्न सेवा सुविधा अधिकार लिएकाे हुँदा कानून बमोजिम कारवाही हाेस् भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सिलवाललाई आयोगले मुद्दा दायर गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिलवालले जिल्ला प्रशासा कार्यालय पर्साबाट जारी मिति २०३२/११ /२४ गते १६ वर्ष भएको भनि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए भने उनले फेरी २०६६ साल वैशाख १७ गते नागरिताको प्रतिलिपि लिँदा पनि २०१६ कातिक २२ गते  गते नै उल्लेख गरेको भएपनि उनले त्रिभुवन विश्वविद्यालयाबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा भने जन्म मिति २०१५  साउन १५ गते राखेका थिए । साथै, उनले भरेको सरकारी जागिरको फारममा समेत उक्त विवरण उल्लेख गरी निजामती सेवामा २०४३ साउन १५ गते रा.प. तृतीय श्रेणी फम नियुक्ति लिएका थिए भने सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त पनि गरेका थिए ।

उक्त पदबाट उनले ०७३ साउन १५ गते अनिर्वाय अवकाश प्राप्त गरेको र त्यसमा पनि उनले ०१५ साउन १५ गतेलाई नै जन्म मिति कायम गरेका थिए । निजामती सेवामा नै वहाल रहेको अवस्थामा निज प्रतिवादीले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न उनले आफैले भरेको पासर्पोको फर्ममा आफ्नो फेरी करिब ३ वर्ष कम गराई २०१८ कातिक २४ राखेर सरकारी जागिरमा प्राप्त गर्न झुट्टा विवरण पेश गरी गरेका थिए । उनले सरकारी जागिरेको रुपमा राहदानीहरु प्राप्त गरी विभिन्न सेयवा सुविधा सुविधा पनि प्राप्त गरेका थिए ।

फेरी उनलाई बीमा समितिको अध्यक्ष नियुक्तिकाे लागि अर्थ मन्त्रालयले नियुक्तिको प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गरेको थियो र सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिवन्धात्मक वाक्यांशसमेत वमोजिम नियुक्ति दिने गरी भएको प्रस्ताव नै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/१०/१९ गते स्वीकृत भई सोही मापदण्ड उल्लेख गरी अर्थ मन्त्रालयले निजलाई बिमा समितिको अध्यक्ष पदको नियुक्ति पत्र दिएको थियो ।

उक्त मापदण्डको दफा ५ को प्रतिवन्धात्मक बाक्यांशमा ‘पदावधि समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वत: अवकाश हुनेछ’ भनि स्पष्ट कानूनी व्यवस्था रहेको देखिएकोमा सो कानूनी व्यवस्थालाई स्वीकार गरी उनले मिति २०७७/१०/२२ स्व:घोषणा तथा शपथ ग्रहण गरी पद स्वीकार गरेका थिए ।

सिलवाल स्थापित तथ्यका आधारमा २०८० साउन १५ गते अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा जानी जानी सो ओहदामा बहाल रहेको हुन् । नेपाल बीमा प्राधिकरणको नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा उनले कार्यहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर गरे भएको पुष्टि भएको हो ।

यसैगरी उनले २०७७ माघ २० गते बिमा प्राधिकरणको अध्यक्षमा नियुक्तिको लागि जन्म मिति २०१५ साउन १५ गते हो भन्ने कुरा थाहा भए पनि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय समेतमा आफ्नो जन्म मिति २०१६ कात्तिक २२ गते हो भनी नागरिकताको प्रमाणपत्र पेश गरेको थिए ।

उनले झुट्टा विवरण पेश गरेको भएतापनि प्राधिकरणको अध्यक्षमा हालसम्म पनि जागिरे नै रहेका छन् । उनले आफ्नो जन्म मिति २०१५ साउन १५ गते हो भन्ने कुराको प्रष्ट थाहा हुँदा पनि करिब ३ वर्ष उमेर घटाएको सरकारी जागिरेले पाउँने सबै सेवा सुविधा लिएको हुँदा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१० मा परिभाषित एवं निषेधित कसूर समेत गरे भएको देखिएको हो ।

बीमा प्राधिकरणको अध्यक्षको रुपमा कार्यरत सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएका र प्राधिकरणको अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण र व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको पुष्टि भएकोबाट सिलवालको उक्त कार्यहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन, नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद(२ (भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदावी बमोजिमको कसूर गरेको हुँदा सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र निज प्रतिवादी सूर्य प्रसाद सिलवालले मिति २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार एक सय ५४ रूपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख.र कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफतरअसुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्