Shikhar Insurance
National Life

रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाप्रति मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १७:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुव्र्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुव्र्यवहार गरिउको भन्दै सन्दर्भमा अनुसन्धान शुरु गरेको आयोगले जनाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सम्बन्धमा सोमवार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै काँस्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताए ।

अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताउँदै भने, ‘रवि लामिछानेलाई चितवनबाट काँस्की लैजाँदाखेरी राति लगियो, दुव्र्यवहार गरियो भन्ने सन्दर्भमा मिडियाहरुले पनि प्रशस्तै समाचार लेखे । यो अनुसन्धानलाई हामीले निरन्तर अघि बढाइरहेका छौँ । प्रमाण संकलन गर्नसक्छौँ । प्रमाण संकलनको सन्दर्भमा अदालतलाई भए सरहको अधिकार राष्ट्रिय मानव अधिकार आयोगलाई छ । गम्भीर भएर हामी यो अनुसन्धानलाई अघि बढाउँछौँ ।’

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्