काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । सोमबार ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२ रुपैयाँ बराबारको कारोबार भएको छ ।
सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड २७ लाख २० हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार १ सय ८२ रुपैयाँ पुगेको छ । सोमबार ९२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज १ कम्पनीको सेयर मूल्यमा ८.७६ प्रतिशतले बढेको घ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्