Shikhar Insurance
National Life

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आउँदै, ८५ हजार जनालाई १०–१० कित्ता पर्ने

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्न एनआईबीएल एस क्यापिटललाई सार्वजनिक निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे । राष्ट्रिय स्तरको लघुवित्तले ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ जसअनुसार १०/१० कित्ताका दरले ८५ हजार जनाले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्