Shikhar Insurance
National Life

महेश बस्नेतको जोडबलमा सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार ०९:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअुसार थापालाई बढुवा सिफारिस गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत छन् । गृहमन्त्री बन्ने दौडमा रहेका नेता महेश बस्नेतको जोडबलमा थापा एआइजीमा सिफारिस गरिएका थापा भक्तपुर निवासी हुन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्