Shikhar Insurance
National Life

‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान’ मन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १७:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान भएको बताएका छन् । भीष्म बाँस्तोलाद्वारा लिखित नेपाल मण्डल पुस्तकको शुक्रबार ललतिपुरमा विमोचन गर्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले विविधतापूर्ण संस्कृति र प्रकृति मुलुकको पहिचान भएको भन्दै त्यसलाई सरकारले विश्व माझ पुर्‍याउन सक्नु पर्ने बताउँदै विश्वमा मुलुकको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनसक्दा मात्रै विश्वमा पर्यटकहरु नेपालमा आउने वातावरण बन्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विश्वका मानिसहरु नेपालको संस्कृति र प्रकृति हेर्नको लागि एक पटक आउनुपर्ने बनाउन सबै लाग्नुपर्ने आवश्यकता रहेको बताउँदै प्राकृतिक दृष्टिकोणले पनि विशिष्ट उपहार पाएको मुलुक भएको बताए ।

उनले नेपालमा ६० मिटर होचो केचनकवलदेखि ८ हजार ८४८ मिटर उचाईमा भएको सगरमाथा रहेको बताउँदै हिमाल, पहाड,तराई र जल,जंगल,जडिबुटी लगायत विविध प्राकृतिक उपहारले सम्पन्न मुलुकलाई विश्वमा प्रचार गरी पर्यटन विकास गर्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल प्राकृतिक दृष्टिकोणले पनि अत्यन्तै विशिष्ट उपहारसहित खडा भएको ६० मिटर होचो केचनकवल देखि ८ हजार ८४८ मिटर उचाईमा भएको सगरमाथा छ । हिमाल, पहाड, तराई र जल, जंगल, जडिबुटी लगायत विविध प्रकृतिक उपहारले मुलुक सम्पन्न छ । विविधता पूर्ण संस्कृति र प्राकृति मुलुकको पहिचान हो । विश्वका मानिसहरु खुला संग्राहलयभित्र आइरहनुपर्ने वातावरण बनाउनु पर्छ ।स्वरोजगार सिर्जना गर्नसक्छौ । त्यो बाटोबाट हामी अगाडि बढ्नुपर्छ ।’

उनले विश्वका मानिसहरु खुला संग्राहलयभित्र आइरहनुपर्ने वातावरण बनाउनसके नेपालको पर्यटन क्षेत्र विकास हुँदै मुलुकको जीडिपीमा ठूलो योगदान पुग्ने बताए । उनले त्यसबाट मुलुकभित्रै रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्