Shikhar Insurance
National Life

एकघण्टामा बीसहजार वृक्षारोपण

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार १७:५५
Hyundai
NCELL
NIMB

नवलपरासी । जिल्लमा एक घण्टामा बीस हजार बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा सुनवल नगरपालिका ११ जर्गाहास्थित कोटहीदेवी सामुदायिक वन क्षेत्रमा आज ती वृक्षारोपण गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले वृक्षारोपण गर्दै वन क्षेत्रको दीगो व्यवस्थापन र संरक्षणबाट काठजन्य बस्तुको आयातलाई अन्त्य गर्न आवश्यक रहेको बताए । उनले रोपिएका बिरुवाको संरक्षण, गोडमेल, हुर्काउने तथा बढाउने अभियान चलाउन आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा सिसौ, अमला, टिक, जामुन, कदम, खयर लगायत प्रजातिका बिरुवा रोपिएको थियो । सामुदायिक वनको खाली रहेको २९ हेक्टर क्षेत्रफलमा ३९ हजार बिरुवा रोप्ने लक्ष्य अनुसार आज १५ हेक्टर क्षेत्रफल बीस हजार बिरुवा रोपिएको प्रदेशका उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले जानकारी दिए । सो अवसरमा उनले वन संरक्षण र हरियाली प्रर्वद्धन गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम रहेको बताए । नेपाल विद्युत प्राधिकरण (बर्दघाट सर्दी १३२ केभी प्रसारण लाइन आयोजना) मार्फत ती बिरुवा रोपिएको हो ।

सो अवसरमा डिभिजन वन कार्यालय परासीका प्रमुुख शङ्करप्रसाद गुप्ता र कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वरीप्रसाद जैसीले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता जनाएका थिए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्