काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीहरुलाई नगद लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसर आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।
साथै, कम्पनीको पुस २५ गते बस्ने साधारण सभाबाट लाभांश प्रस्ताव पारित गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्