Shikhar Insurance
National Life

एकदिन बाँकी छँदै जीवन विकासको आईपीओमा १८ लाख ४० हजारको आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार १७:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओमा १८ लाख ४० हजारको आवेदन परेको छ । आवेदन दिने म्याद एकदिन बाँकी छँदै ९ गुणा बढीले आवेदन दिएका हुन् ।
१८ लाख ४० हजार ३७ जनाले २ अर्ब ७८ करोड २६ लाख ३५ हजार रूपैयाँ बराबरको २ करोड ७८ लाख २६ हजार ३ सय ५० कित्ता माग गरेका छन् । माग गरेको सेयर संख्या कम्पनीले वितरण गर्ने भन्दा १४ गुणा बढी हो ।

कम्पनीको सेयर १०–१० कित्ताका दरले १ लाख ९० हजार जनाले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको आईपीओ बिक्री खुला गरेको हो । सेयरमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको हो ।

आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

कुल निष्काशनमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन सकिन्छ । न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्