Shikhar Insurance
National Life

निकुञ्जहरुमा देखिएका समस्या समाधान गर्न संसदीय समितिले सरकारलाई प्रतिवेदन बुझाउने

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १७:३६
Hyundai
NIMB

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जहरुको अवलोकन भ्रमणका क्रममा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति मायाप्रशाद शर्माले हालै अवलोकन भ्रमणका क्रममा निकुञ्जहरुमा देखिएका समस्याहरुलाई समेटेर ऐन र नियमावली बनाउने गरी सुझावको रुपमा सरकरलाई प्रतिवेदन बुझाउने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अवलोकन भ्रमणका क्रममा देखिएका समस्याहरु र समाधानका उपायहरु समितिले औंल्याइदिने उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताए । समितिले भ्रमणका क्रमम अधिकांश निकुञ्जहरुमा सडकको समस्या रहेको पाइएको उनको भनाइ छ ।

सभापति शर्माले भने, ‘राष्ट्रिय निकुञ्जहरुका सम्बन्धमा देखा परेका समस्याहरु अन्तरम्बन्ध र अन्तरविरोधका कुराहरु, विकास र वित्तियका सम्बन्धमा अझै धेरै कुराहरु उठेका छन् । तिनै शिर्षकमा समस्याहरुलाई केन्द्रिकृत गरेर भन्ने विषयमा केन्द्रित गर्‍यौं भने रामो होला । राष्ट्रिय निकुञ्ज ऐन बनाउने कुरामा पनि सरकारलाई सुझाव दिनुपर्छ । विभिन्न निकुञ्जका सवालमा कार्यविधिहरु फरक भएपनि ऐन त एउटै हुने होला । ऐनमा समेट्ने विषयहरु हामीले सुझाव दिन्छौं ।’

राष्ट्रिय निकुञ्जहरुको संरक्षण र व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने उनको भनाइ छ । बैठकमा राष्ट्रिय सभा सदस्य रेनु चन्दले राष्ट्रिय निकुञ्जहरुको नीतिगत र व्यवहारिक सुधारमा सरकारले काम गर्नुपर्ने बताए । उनले सबै निकुञ्जहरुका साझा र विशिष्ट खालका समस्याहरुबारे सरकारलाई सुझावको रुपमा दिनुपर्ने उनको धारणा थियो ।

उनले भने, ‘राष्ट्रिय निकुञ्जहरुको नीतिगत र व्यवहारिक सुधारमा काम गर्नुपर्ने हुन्छ । सबै निकुञ्जका साझा समस्याहरु के हुन् ? अध्ययनबाट आएका विषयहरु मिलाएर समाधान गर्न सकिने कुराहरु सुझावका रुपमा दिनुपर्छ । विशिष्ट खालका समस्याहरुलाई छुट्टै रुपमा राख्नुपर्दछ । अब बन्न लागेका निकुञ्जसम्बन्धी ऐन र नियमावलीलाई सहयोग पुग्ने गरि हामीले काम गर्नुपर्‍यो ।’

अवलोकन भ्रमणका क्रममा देखिएका समसयाहरुको समधानकन लागि समितिले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनको भनाइ छ । बैठकमा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले तिहारको रौनक र आवश्यक समन्वयन गर्न नसकिएको कारण प्रभावकारी रुपमा छलफल बहस गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अवलोकन भ्रमण गरिएका निकुञ्जहरुमध्ये चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढि भएका कारण धेरै कुरा बुझ्न नसकेको बताउँदै भने, ‘हामीले जतिवटा निकुञ्जमा अध्ययन भ्रमण गर्‍यौं, त्यसमा चितवनमा अझै अपुरो रहेको महशुस भएको छ । चितवनमा हामीले खासमा वाडेनसँग मात्रै छलफलहरु गर्‍यौं । सरोेकारवाला सबैसँग छलफल गर्न पाएनौं । क्षेत्रफल बढी भएका करण पनि हामीले धेरै अध्ययन गर्न पाएका छैनौं । यहाँ बैठकमा थप छलफल गरौं ।’

हिमाली भेगहरुमा मौसमको कारणले अवलोकन गर्न समस्या भएको उल्लेख गर्दै उनले यसबारे विस्तृत छलफल गरेर मात्र प्रतिवेदन बनाउनुपर्ने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्