काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ मा पुगेको हो ।
बुधबार ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ रुपैयाँ कारोबार भएको छ ।
आज २ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, बिशाल बजार कम्पनीको ९.१७ प्रतिशत, एनआइसी एशिया डिबेन्चरको ६.३८ प्रतिशत सहित १६६ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्