काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३० करोड ३० लाख ६९ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ५१ रुपैयाँ ७० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्