Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम भने ९ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १५:०६
Hyundai
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३० करोड ३० लाख ६९ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ५१ रुपैयाँ ७० पैसा पुगेको छ ।

बुधबार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्