काठमाडौं । बेल्ट एण्ड रोड कोअपरेशन ‘बीआरआई’ मा नेपाल र चीनबीच सहमति जुटेको छ । बुधबार नेपाली अधिकारीहरु र चिनियाँ अधिकारीहरुबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सबैभन्दा पेचिलो बनेको बीआरआई सम्झौता केहि शब्द फेरेर सहमति भएको हो । नेपालले प्रस्ताव गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’मा ग्राण्डको स्थानमा एड राखेर सहमति गरेको जनाइएको छ ।
हाल नेपालले मल्टिनेश्नल एड एजेन्सीहरुसँग अनुदान तथा ऋण सहायता लिइरहेको छ । बीआरआईको यो सम्झौताले पनि ऋण र अनुदान दुबैलाई सकारेको बताइएको छ ।
यसअघि संयुक्त राज्य अमेरिकाको एमसीसी सम्झौता निकै विवादित बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्