Shikhar Insurance
National Life

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १८:०२
Hyundai
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम र मुलुकको मानवअधिकारको अवस्थाका विषय समावेश गरिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आयोगमा भएका उजुरीउपर भएका छानविन,अनुसन्धान,अनुगमन तथा नेपाल सरकारलाई गरेका सिफारिस समेत प्रतिवेदनमा समावेश गरिएको बताउँदे आर्थिक वर्ष २०८०/०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लङ्घन सम्बन्धि ११० उजुरी दर्ता भएको बताए ।

उनले यो अवधीमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको उल्लेख गर्दै अनुसन्धानको विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरी र नीतिगत सिफारिस गरिएको बताए ।

उनले यो अवधीमा २७६ उजुरी तामेलीमा राखिएको १५ उजुरी खारेज गरिएको बताए । उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्