काठमाडौं । शिवम् सिमेन्टको नाफामा उल्लेखनिय सुधार भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १ करोड २७ लाख बढी नाफा देखिएको हो ।
सिमेन्ट कम्पनीको चालु आवको ३ महिनामा १ करोड २७ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने गत आवसोहि अवधिमा ५ करोड ३४ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको आम्दानी भने १ अर्ब ४० करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ भने गत आवसोहि अवधीका १ अर्ब ६२ करोड ७५ लाख बढी आर्जन गरेको थियोे ।
कम्पनीको कुल नाफामा १० करोड ३६ लाख ४९ हजार रहेको छ सोहि अवधिमा कम्पनीको अन्य आम्दानी १० करोड ५७ लाख ४३ हजार रुपैयाँ रहेको छ भने गत आव सोहि अवधिमा २ करोड १२ लाख ४९ हजार रहेको थियो । सोहि अवधिमा कम्पनीको कुल खर्च १९ करोड ९३ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा भने ३ अर्ब ५३ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ छ । हाल कम्पनीको दोस्रो बजारमा सेयर मूल्य ५ सय ७९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्