काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बबताएका हुन् ।
उनले सहकारी क्षेत्रमा काम गर्ने क्रमममा सरोकारवाला निकायहरु ऐनको कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखापरेको बताएका छन् । उनले सहकारी क्षेत्रमा कसरि जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा को कति प्रतिवद्ध छौं ? भनेर प्रश्न समेत गरे । उनले विगतमा भएका र देखिएका कमी,जोरीहरुलाई अब दोहोरिन नदिने गरी जानको लागि ऐन र काम गर्ने विधिहरु समयानुकुल बनाउनुपर्ने कुरामा जोड दिए ।
उनले बजारमा सहकारीसँग जोडिएका वित्तीय संस्थाहरु ठिक होइनन् भन्ने विश्लेषण बजारमा भइरहेको उल्लेख गर्दै उक्त भाष्यलाई गलत सावित गर्न सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्