काठमाडौं । छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ ।
कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले पुष १० गते ‘सोनु निगम लाइभ इन नेपाल’ मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।
नेपाली टचइभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्धकार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टचइभेन्ट्सका प्रबन्धनिर्देशक राजगोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्र पनि थिए । कार्यक्रममा बोल्दै प्रबन्धनिर्देशक विवेक सिकारियाले सोनु निगम लाइभइन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए ।
उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए । त्यसैगरी, नेपाली टच इभेन्ट्सका राजगोस्वामीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।
बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीत संगीतबाट भरपुर मजादिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामाउपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६५० भन्दा दिपल बिक्री भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्