Shikhar Insurance
National Life

कुलुङखोलामा पक्की पुल निर्माणले गति लिँदै

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार १८:०९
Hyundai
NCELL
NIMB

तनहुँ । तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा गत असोज तेस्रो सातादेखि निर्माण थालिएको पक्की पुलले गति लिएको छ । दशैँ र तिहारको बिदाका बेला समेत पुलको काम निरन्तर सञ्चालन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएकाे हाे ।

गण्डकी प्रदेश सरकारको  सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण अगाडि बढेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । पुल निर्माणका लागि एमएस ज्वालामुखी कन्स्ट्रक्सन धादिङसँग सम्झौता भएको छ । कूल ७४/२० मिटर लम्बाइ रहेको पुल वि.सं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको छ ।

वडा सदस्य दयाराम श्रेष्ठले भिमकाली मोटरमार्ग निर्माण भएको २५ वर्षपछि यहाँ गण्डकी प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण भइरहेको जानकारी दिए । कुलुङखोलामा पुल नहुँदा सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका छन् । पुल निर्माणपश्चात् यस ठाउँका सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्ने श्रेष्ठले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्