काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ मा पुगेको हो ।
सोमबार ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४ रुपैयाँको कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, १६० कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्