काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ मा पुगेको हो ।
सोमबार ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५ सय ६४ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार ७ सय ६२ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार २ सय ४४ रुपैयाँ पुगेको छ ।
सोमबार १२६ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स कम्पनीको सेयर ८.७२ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्