Shikhar Insurance
National Life

बढि तिरेको कर कसरी मिलान गर्ने ? आन्तरिक राजस्वले गर्यो यस्तो निर्णय

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार १४:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले बढि तिरेको कर मिलान गर्न मातहत सबै कार्यालयहरुलाई पत्राचार गरेको छ । विभागमा बढि भएको कर मिलान कसरी गर्ने भन्ने विषयमा तारतन्तार प्रश्न आइरहेपछि विभागले सबै कार्यालयलाई पत्राचार गरेको हो ।

विभागमा अनुसार बढि तरिएको कर करदाता आफैंले अनुसूची-१० मा सार्न नसक्ने भएकाले कर कार्यालयहरुले निर्णय गरी संक्षिप्त व्याहोरा परिविष्ट गर्न सक्ने व्यवस्था गरेको छ । अब करदाताले कर कार्यालयहरु करदाताको निवेदन अनुसार कुन आर्थिक वर्षमा बढी तिरेको कर कुन आर्थिक वर्षमा मिलान गर्न चाहेको हो, सो निवेदनको आधारमा निर्णय गरी प्रणालीमा अपलोड गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले पत्रमा भनेको छ, ‘करदाता स्वयंले अनुसूची १० मा सार्न नसक्ने भएको हुंदा सो सम्बन्धमा कार्यालयको निर्णय बमोजिम उक्त बढि दाखिला मिलान गर्न पाउने क्रेडिट रकम (TC) लाई करदाताले कुन आय वर्षमा मिलान गर्न पाउने हो सोही आ.व. मा कार्यालयले नै ITS मा Officer Portal भित्र रहेको Income tax System को Transfer of Credit (TC) बाट मिलान गर्न पाउने क्रेडिट रकम प्रविष्टि गर्ने र TC मिलान गर्ने कारणको लागि कैफियत महलमा कार्यालयले गरेको निर्णयको संक्षिप्त व्यहोरा प्रविष्टि गर्नेसक्ने गरी विगत आय वर्षमा बढि दाखिला कर रकम मिलान गर्न पाउने भनी मिति २०७९/०९/२१ मा निर्णय भएको हुँदा सोही बमोजिम कार्यान्वयन गर्न गराउनु हुन अनुरोध छ ।’

यो विषयमा सबैभन्दा पहिले ठूला करदाता कार्यालयले प.सं. २०७९/८०, च.नं. ४०९१ मिति २०७९ /०९ /१२ को पत्रबाट राजेश मेटल क्राफ्ट प्रा.लि. ( स्थायी लेखा नम्बरः ३०००२००९२ ) को विगत आय वर्षमा बढी दाखिला आयकर रकम समायोजनको व्यवस्थाको लागि विभागमा पत्र लेखेर पठाएको थियो।

यस प्रकारको क्रेडिट मिलान (Transfer Of Credit) गर्नुपर्ने व्यवस्थाको लागि करदाताले दुई वा सो भन्दा बढि आय वर्षहरुको क्रेडिट ट्रान्सफर गर्न नसक्ने व्यवस्था रहेको छ । विगत आय वर्षमा कायम भएको बढी दाखिला करलाई TRANSFER OF CREDIT (TC) मार्फत मिलान गर्न सक्ने गरी विगत आय वर्षमा बढि दाखिला आयकर रकम समायोजन गर्न मिल्ने व्यवस्था थप गरेको विभागले जनाएको  छ ।
विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई पत्राचार गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्