काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव स्वीकृत गर्न साधारण सभा पुष ८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले पुष ८ गते काठमाडौं मेरियोट होटेल, नक्साल, काठमाडौंमा सभा बस्ने निर्णय गरेको हो । सभामा अध्यक्षले प्रस्तुत गर्ने सञ्चालक समितिको २०८०/७१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बॉडफॉड हिसाव नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।
साथै, सभामा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१र८२ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्