काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमा चुक्ता पुँजीको १३.३० प्रतिशतले हुन आउँने ५० करोड ६२ लाख ४७ हजार ७ सय १५.२१ रुपैयाँ बराबरको बोनस सेयर र ०.७० प्रतिशतले हुन आउँने २ करोड ६६ लाख ४४ हजार ६ सय १६.५९ बराबरकाे नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्