Shikhar Insurance
National Life

एक महिनामा जीवन बीमा कम्पनीहरुले उठाए १२ अर्ब ३१ करोड बीमा शुल्क, कुन कम्पनीले कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १६, आईतवार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब बढी रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुबाट १२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

चार महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क उठाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४ महिनामा ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ संकलन गरेको हो । चार महिनामा सबैभन्दा कम आईएमई लाइफ इन्स्योरेन्सले ३२ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ भने कम्पनीको नवीकरण बीमाशुल्क २२ करोड ६३ लाख रुपैयाँ उठाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आव कात्तिक महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ भने नवीकरण बीमाशुल्क ३२ करोड ८५ लाख रुपैयाँ बुझाएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार महिनामा १ अर्ब ५३ करोड २२ लाख रुपैयाँ संकलन गरेको छ भने १ अर्ब १४ करोड ५४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क लागेको छ । नेपाल लाइफ इन्स्योरेन्सले कात्र्तिक महिनामा ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ भने नवीकरण बीमाशुल्क २ अर्ब ७४ करोड ४ लाख रुपैयाँ उठाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ अर्ब ४८ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएको छ भने ४ महिनामा १ अर्ब २५ करोड ७५ लाख रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४ महिनामा ४३ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दा नविकरण बीमाशुल्क भने ३४ करोड ४१ लाख रुपैयाँ उठाएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउनदेखि कात्तिकसम्ममा ७० करोड ६७ लाख कुल बीमाशुल्क संकलन गरेको छ भने नविकरण बीमाशुल्क ५७ करोड ३५ लाख रुपेयाँ उठाएको छ । ४ महिनामा सन नेपाल लाइफले ३४ करोड ८७ लाख रुपैयाँ संकलन गर्दा २४ करोड २ लाख रुपैयाँ उठाएको छ ।

साथै, रिलायबल नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ करोड ८ लाख रुपैयाँको कारोबाार गर्दा नविकरण बीमाशुल्क २३ करोड ८५ लाख रुपैयाँ रहेकाे छ ।  सिटिजन्स लाइफ इन्स्योरेन्सले चार महिनामा ४४ करोड ८९ लाख रुपैयाँको कारोबार गर्दा ३२ करोड १० लाख नविकरण बीमाशुल्क उठाएको छ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड १९ लाख रुपैयाँको कारोबार गर्दा ५९ करोड ३४ लाख रुपैयाँ नबीकरण बीमाशुल्क रहेको छ ।

साथै, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चार महिनामा ४८ करोड ७२ लाख रुपैयाँको कारोबार गर्दा ३५ करोड ५० लाख रुपैयाँको नविकरण बीमाशुल्क उठाएको छ । हिमालयन लाइफ इन्स्योरेन्सले ४ महिनामा १ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार गर्दा १ अर्ब ११ करोड १४ लाख रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ३८ करोड ७७ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गर्दा २९ करोड रुपैयाँ बीमा नविकरण शुल्क उठाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्