काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाँईलाई नियुक्त गरेको छ । बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्